क्वालालम्पुर (मलेसिया):= क्यान्सरबाट पीडित भैई बिगत ३ महिनादेखि अस्पतालमा उपचाररत जसमाया राईलाई देश विदेशबाट आर्थिक रकम सहयोग प्राप्त भएको छ।
नेपाल ठेगाना भोजपुर जिल्ला आमचोल गाउँपालिका वडा नम्बर.५ (पावाला) निवासी कृष्ण बहादुर राईको छोरी २८ बर्षिय महिला जसमाया राई बिगत लामो समयदेखि कोलोन क्यान्सर (ठूलो आन्द्रामा ) क्यान्सर भैई पीडित भैई उपचारको लागि झापाको बिर्तामोडमा अवस्थित एक अस्पतालमा उपचाररत रहनु भएकी छिन्।
जसमायाको उपचारको लागि चरम आर्थिक अभाव रहेकोले सहयोगको लागि देश विदेशमा आर्थिक सहयोग संकलन अभियान चलाएर संकलन गरिएको जम्मा नेपाली रु.७ लाख ७३ हजार ७२१ रुपैयाँ सहयोग रकम बिरामी परेकी जसमायाको माछापुच्छ्रे बैंकको खातामा जम्मा गरि हस्तान्तरण गरिएको मलेसियाबाट सहयोग संकलन अभियानमा जोडिनु भएका अभियान्ता दिलिप क्ष्रेष्ठले जानकारी गराउनु भएको छ।
जसमायाको उपचारको लागि आर्थिक सहयोग रकम मलेसिया, कतार , दुबई (युएई) , कुवेत , सिङ्गापुर , दक्षिण कोरिया , अमेरिका , साउदी अरेबिया , पोर्चुगल , नेपाल लगायतको विभिन्न राष्ट्रिय – अन्तर्राष्ट्रिय देशबाट विभिन्न सहयोगीदाताहरूबाट संकलन गरिएको रु. ७ लाख ७३ हजार ७२१ रुपैयाँ उनैको खातामा जम्मा गरि आर्थिक सहयोग प्रदान गरिएको जनाउनुभएको हो।
उनको उपचारको लागि अझैपनि रकम अपुग हुने , थप आर्थिक अभाव देखिएकोले यदि तपाईं कोहि सहयोगी मनको धनी ब्यक्तिले उहाँलाई सहयोग गर्न चाहनुहुन्छ भने तलको सम्पर्क मोबाईल नम्बरमा फोन गरेर र माछापुच्छ्रे बैंकको खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ।
तपाईंको स्यानो सहयोगले पनि जसमाया राईको ज्यान बच्न सक्छ।
सम्पर्क मोबाईल नम्बर नेपाल : 984-3878786 बिरामी जसमाया राई ।
सम्पर्क मोबाईल नम्बर मलेसिया : +601151719564 दिलिप क्ष्रेष्ठ
बैंक खाता :
BANK NAME : MACHHAPUCHCHHARE BANK LIMITED MAYA RAI
NAME : JASH
BANK AC NO. : 43-23-524-531174-01-5

























