अफगानिस्तानबाट भागेर अशरफ गनी यूएई नै किन गए?

काठमाडौं:= संयुक्त अरब इमिरेट्स (यूएई)ले अफगा’निस्तान छो’डेर भागेका राष्ट्रपति अशरफ गनीलाई मान’वीय आधारमा शर’ण दिएको छ । अगस्त १५ मा जब ता’लिबान ल’डा’कुले काबुललाई घेराब’न्दी गरिरहेका थिए, तब राष्ट्रपति गनी अचा’नक देश छो’डेर भा’गेका थिए ।

यूएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै गनीलाई मानवीय आधारमा शर’ण दिएको जनाएको छ । गनीले भने एक भिडियो जारी गर्दै आफू देश छो’डेर नभागेको बताएका छन् । आफूले एउटा ठूलो त्रा’सदी जोगाएको उनको भनाइ छ । उनले आफू यूएईमा रहेको पुष्टि गर्दै अफ’गानिस्तान फर्कनको लागि वार्ता गरिरहेको पनि बताएका छन् ।

यूएईले इस्ला’मिक देशका कुनै नेतालाई शर’ण दिएको यो पहिलोपटक भने होइन । ९० को दशकमा पा’किस्तानी प्रधानमन्त्री बेनेजीर भुट्टो पनि यसैगरी यूएईमा रहेकी थिइन् । पा’किस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफ पनि सत्ता’च्युत भएपछि यूएईतर्फ लागेका थिए ।

गनी अफगा’निस्तान छो’डेपछि यूएई नै किन पुगे र यूएईले उनलाई शर’ण किन दियो भन्ने चासोको विषय बनेको छ। तर, यूएई यो चाहँदैन कि आफ्नो जमिनको प्रयोग राजनी तिक रूपमा अशरफ गनीले गरून् । बीबीसी सुरक्षा संवाददाता फ्र्यांक गार्ड नरका अनुसार यूएईमा ठूलो संख्यामा अफगान र पाकिस्तानी नागरिक छन् ।

यूएईमा कहिलेसम्म रहन्छन् गनी ?

यूएईमा गनी कहिले सम्म रहन्छन् भन्ने स्पष्ट भएको छैन । उनी अमेरिका पनि जान सक्छन् । तर, अहिल्यै अमेरिकाले ग’नीलाई प्रवेश नदिने विश्लेषकहरूको भनाइ छ । यूएईमा नै बस्न साह्रै सहज पनि छैन । त्यहाँको जीवनयापन धेरै महँगो छ । केही रिपोर्टमा गनीले मोटो रकम लिएर अफगा’निस्तानबाट भागेको दा’बी गरिएको थियो। तर, गनीले यो आ’रोपको ख’ण्डन गरेका छन् । उनले एक वक्तव्यमा आफू अफ’गानिस्तानबाट एकजोडी कपडा र जुत्ता पहि रिएर निक्लिएको र आफू सित केही पनि नभएको बताएका थिए ।

यू्एई नै किन पुगे गनी ?

विश्लेषकका अनुसार यूएई पुग्नुको एक कारण यो पनि हो कि यो देशले सुरक्षा र गो’पनीयता प्रदान गर्छ । त्यहाँ गु’पचुप रहन र आफ्नो पैसा लगानी गर्नको लागि पर्याप्त अवसर र स्थान छ । युएईमा अत्याधुनिक क्यामेरा राखिएको छ र सु’रक्षा एकदम मजबुत छ । त्यहाँ शाही परिवारको सत्तामा बलियो प’कड छ । यस्तो अवस्थामा त्यहाँ पुग्ने राजनीतिक मानिस सु’रक्षित महसुस गर्छन् । सोही कारण विश्व भरबाट नेता र राज नीतिक परिवारसित जोडिएका व्यक्तिहरू शर ण लिनको लागि युएई पुग्ने गरेका छन् ।