काठमाडौं:= कलाकार शम्भु थापाको निधन भएको छ । कोरोना संक्रमणका कारण पाटन अस्पतालमा उपचाररत थापाको ५५ बर्षीय थापाको शनिबार बिहान निधन भएको हो ।
थापाको शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो ।
थापाले पछिल्लो समय टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मेरीबास्सैमा अभिनय गर्नुभएको थियो । थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुनुहुन्छ । थापाले मह सन्चारका टेलिचलचित्रमा पनि काम गर्नुभएको छ ।




















