काठमाडौं:= सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन-४’ को डिजिटल अडिसन गएको मंगलबारबाट सुरु भएको छ । भदौ ३१ गतेसम्मका लागि डिजिटल अडिसन सुरु भएको हो ।
अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’ मा गएर एपीवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । र, आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ ।
डिजिटल अडिसनमा पास भएकाहरूको फिजिकल अडिसन हुनेछ । डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका नेपालीले सहभागी हुन पाउनेछन् । ‘नेपाल आइडल सिजन–४’ मा निर्णायक को हुने निश्चित भइसकेको छैन । यसअघिका तीनवटा सिजनका निर्णायक भने यसपटक परिवर्तन हुनेछन् ।




















