एजेन्सी := सिरियल डेटरको उपनामले चिनिने भारतीय तमिल फिल्मका अभिनेत सुन्दर रामुले अहिलेसम्म ३३५ जना महिलालाई गर्लफ्रेन्ड बनाएर डे’टिङ गरि सकेका छन् । तर उनको धोको अझै मेटिएको छैन र आफ्नो लक्ष्यबाट उनी अझै केही पछाडि छन् । अर्थात् अझै ३० युवती थप गरी ३६५ जना महिलासँग डेटिङ जाने उनको लक्ष्य हो ।
हुनत डि’भोर्सी रहेका सुन्दर रामु रोमान्सका वि’रोधी होइनन् तर पनि उनका सबै डे’टिङहरु रोमान्टिक हुँदैनन् । अनी उनको उद्देश्य केवल कुनै प्रेमिका खोज्नु मात्र पनि होइन । बीबीसीसँगको कुराकानीमा उनी भन्छन् : म पूर्णरुपमा रोमा न्टिक छु । मैले दिनहुँ प्रे’मिका खोजिरहेको हुन्छु । तर ३६५ डे’टिङको अवधारणाका पछाडि केवल महिलाको खोजी मात्र छैन ।
भारतको चेन्नइ सहरमा बस्ने सुन्दरको अनौठो दाबी त के छ भने उनी महिला अधिकारको बारेमा जनचेतना जगाउनका लागि ३६५ जना युवतीसँग डेटिङ गर्ने महा अभियानमा छन् ।३६५ डेटिङ पा’र्टनर पूराउने उनको यो कार्य सन् २०१५ को जनवरी १ बाट सुरु भएको हो । उनको फेसबुक पेजमा उनीसँग डे’टिङ गइसकेका महि’लाहरुको बारेमा विवरण दिइएको छ ।
त्यसमा उनकी आफ्नै १०५ वर्षीया हजुर आमा देखि आफू बस्ने अपार्टमेन्ट भवनमा फोहोर टिप्ने महिला, ९० वर्षकी आइरिस नन, अभिनेत्री, मोडेल देखि योगा शिक्षिका, अभियानकर्मी, नेता तथा अरु धेरै महिलाको बारेमा लेखिएको छ । आफू महिलालाई सम्मान गर्ने परिवारमा जन्मिएर हुर्किएको र विद्यालयमा पनि लैं’गिक वि’भेद नदेखेको भएता पनि बाह्य संसारमा पाइला टेक्दा च’रम लैं’गिक वि’भेद देखेको र त्यसले आफूलाई ठूलो सां’स्कृतिक ध’क्का अर्थात् कल्चरल सक दिएको उनको भनाइ छ ।




















