स्वदेश फर्किने तयारीमा रहेका नेपाली श्रमिक स्वरुपलाल मलेसियामै झुन्डिएर मरे।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= मलेसियामा दिनहुँ कोरोना भाइरसको संक्रमणको माहामारी लगायत आफैं पनि आत्महत्या गरेर मर्ने नेपाली श्रमिकको संख्या उच्च रहेको मलेसिया स्थित नेपाली दूतावासको तथ्यांकले स्पष्ट पार्छ।

साथै पछिल्लो समय त मलेसियामा आत्महत्या गर्ने नेपाली श्रमिकहरुको होडबाजीनै चलिरहेको देखिन्छ। कोहि कोरोना संक्रमण सहन नसकेर आत्महत्या गरिरहेको छ्न भने कोहि पारिवारिक मनमुटाव , घरायसी तनावले आत्महत्या गरिरहेको अनुसन्धानको क्रममा पाइएको छ।

सोही क्रममा हिजो शनिबार पनि मलेसियामा कार्यरत एकजना नेपाली श्रमिकले आफू बस्ने कोठाको पँङ्खामा पासो लगाएर झुन्डिएर आत्महत्या गरेका छ्न।
मलेसियाको सेलाङ्गर राज्यको काजाङमा अवस्थित ओक्टागोन एसडिएन , बिएचडी नामक म्यानुफ्याक्चरिङ कम्पनीमा बिगत ४ बर्षदेखि कार्यरत रहदै आएका नेपाली श्रमिक स्वरुपलाल मुखियाले आत्महत्या गरेका हुन।

३५ बर्षिय मुखिया कम्पनीसंगको श्रम सम्झौता सकिएर स्वदेश फर्किने तयारीमा रहेका थिए। स्वरुपलालको स्वदेश फर्किने हवाई टिकट लगायत सम्पुर्ण कागजी प्रक्रिया कम्पनीले मिलाईसकेको थियो , तर शनिबारको दिन कोठामा अन्य कोहि साथीभाई नभएको मौकामा आफू एक्लै भएको मौका छोपी कोठामै रहेको पँङ्खामा झुन्डिएर आत्महत्या गरेको मृतकको भाई सोरपा मुखियाले जानकारी दिनुभयो।

जानकारी अनुसार मृतक स्वरुपलालको नेपालमा रहेको श्रिमतीसंग केहि समयदेखि मनमुटाव, झै-झगडा चलिरहेको र पछि श्रिमतीले अर्कै केटासंग भागेर विवाह गरेको थियो , सायद सोहि कारणले होला डिप्रेसनको शिकार भएर स्वरुपलालले आत्महत्याको बाटो रोजेको हुनसक्ने संगै कोठामा बस्ने अर्का एक नेपाली श्रमिकले बताउनुभयो।

मृतक स्वरुपलालको घरमा दुईजना छोरी र तीनजना छोरा छ्न। हाल मृतक स्वरुपलालको शव पोस्टमार्टमको लागि प्रहरीले स्थानीय अस्पतालमा लगेका छ्न।