मलेसियाको अस्पतालमा उपचाररत रहेकी नेपाली महिला श्रमिक सन्जिताको मृत्यु।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत एक नेपाली महिला श्रमिकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

नेपाल ठेगाना नुवाकोट जिल्ला निवासी २८ बर्षिय अविवाहित नेपाली महिला श्रमिक पासपोर्ट नम्बर ०६४८७०६९ नम्बर भएकी सन्जिता थिङ तामाङको आज मिति सन २०२१/०८/१४ तारिख शनिबार बिहान राजधानी क्वालालम्पुरको अस्पतालमा मृत्यु भएको हो।

तस्बिरमा मृतक सन्जिता थिङ् तामाङ

केहि दिनदेखि अस्पतालमा भर्ना भई उपचाररत सन्जिताको मृत्युको कारणबारे डाक्टरको भनाई अनुसार मृतक सन्जिताको टाउकोमा पानी जमेको थियो। हामीले बचाउने कोशिस गर्दागर्दै पनि बचाउन नसकेको डाक्टरले बताएको कुरा मृतकको शवलाई हेर्न अस्पताल पुगेका एक नेपालीले जानकारी दिनुभयो।

मृतक सन्जिता राजधानी क्वालालम्पुरमै अवस्थित नेपाली रेष्टुरेन्ट मेरि बास्सैमा बिगत दुई बर्षदेखि  काम गर्दै आएकी थिइन।

हाल मृतकको शवलाई अन्तिम दाहसंस्कार गर्नको लागि स्वदेश फर्काउनलाई आवश्यक सम्पुर्ण कागजात बनाउन मिलाउनको लागि मलेसियन कास्केट कम्पनीलाई जिम्मेवारी दिईसकिएको जानकारी प्राप्त भएको छ।