[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसिया ३ लाख भन्दा बढी नेपाली कामदारहरु कार्यरय रहेको देश हो। जहाँ नेपाली कामदारहरु आफ्नो रोजगारदाता कम्पनीको काम गर्ने मात्रै हैन विभिन्न जातीय र गैर जातीय समाजिक संघसंस्थासंग आवद्ध रहि एक नेपालीलाई अप्ठ्यारो अथवा कुनै किसिमको समस्या परेमा तिनै संघसंस्थाहरुले मिलेर आर्थिक , भौतिक सहयोग गर्ने गर्द्छ।
सोही क्रममा वैदेशिक रोजगारी निम्ति मलेसियामा कार्यरत रहदै आएका नेपालको भोजपुर जिल्लावासी नेपाली कामदारहरु एकजुट भैई भोजपुरे एकता समाज मलेसिया गठन गर्न सफल भएका छन।
यहीँ मिति सन् २०२१/०८/१२ तारिख बिहिवारको दिन भर्चुअल माध्यम जुमको प्रयोगबाट बसेको भोजपुरेहरुको एक बैठकले खेमराज खत्रीको अध्यक्षतामा १५ समिती सदस्य चयन गरेको छ।
समितीमा क्रमशः अध्यक्षमा खेमराज खत्री , उपाध्यक्षमा सन्तोष राणा , सचिवमा अंकित राई , सह-सचिवमा मदन बिष्ट , कोषाध्यक्षमा दिलिप क्ष्रेष्ठ , सह-कोषाध्यक्षमा निमा शेर्पा रहेका छ्न। भने समितीको सदस्यहरुमा क्रमशः श्याम राई , अमृत थापा , दिनेश मङ्ग्राती , नगेन्द्र राउत , चन्द्रा बहादुर घिमिरे , सैलेन्द्र राई , मनो तामाङ , सुजन राई लगायतको रहेका छ्न।
त्यस्तै सोही बैठकले संस्था सञ्चालन गर्न सल्लाह सुझाव आवश्यक पर्ने भएकोले सल्लाहकार समेत चयन गरेको छ। जसको वरिष्ठ – सल्लाहकारमा एनआरएनए मलेसियाको अध्यक्ष बिनोद थापा चयन भएका हुन , भने सहायक सल्लाहकारमा प्रबत राई चयन भएका हुन।
साथै बैंठकले मलेसियामा कार्यरत समाजिक सेवामा रुचि राख्ने इच्छा भएको भोजपुरेहरुलाई संस्थामा लाग्न अनुरोध समेत गर्नुभएको छ। जसको लागी bhojpureekatasamaj@gmail.com यो ईमिल एडरेसबाट जोडिन सकिने अथवा सम्पर्क मोबाईल नम्बर +60168821190 मा फोन गरेर समेत संस्थामा आवद्ध हुन सकिने जनाइएको छ।




















