एजेन्सी:= फ्रान्सेली फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेस्सीले दुई स्टार खेलाडीसँग एकै क्लबबाट खेल्न पाउँदा धेरै खुसी लागेको बताएका छन्।
पीएसजीमा अनुबन्धित भएपछिको पहिलो पत्रकार सम्मेलनमा बोल्दै मेस्सीले नेयमार र केलियन एमबाप्पेजस्ता विश्वप्रसिद्ध खेलाडीसँग खेल्न पाउँदा आफुलाई निकै खुसी लागेको बताएका हुन् ।
‘नेयमार र एमबाप्पेसँग खेल्न पाउँदा धेरै खुसी छु। म संसारकै सर्वश्रेष्ठ खेलाडीसँग खेल्दै छु। यो पागलपन हो र मलाई धेरै इर्ष्या लाग्यो तर, यो सधै राम्रो र उत्कृष्ट हुन्छ,’ मेसीले भने। उनले चाँडै ट्रेनिङ सेसनमा सहभागी हुने बताए।
३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । ६ पटकको बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् ।




















