काठमाडौं:= नेपाल विद्युत प्राधिकरणको प्रबन्धक निर्देशक पदमा कुलमान घिसिङले दोस्रोपटक पदभार सम्हाल्नु भएको छ ।
उर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई ४ वर्षका लागि नियुक्त गरेको हो । बुधबार उहाँले उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट नियुक्तिपत्र बुझ्नु भएको थियो ।
ऊर्जा मन्त्रालयमा नियुक्तिपत्र बुझेर घिसिङ प्राधिकरण पुग्नु भएको छ । ४ वर्षे कार्यकाल पूरा गरेर गत वर्ष अवकाश प्राप्त गर्नुभएको घिसिङले पुनः नियुक्ति पाउनु भएको हो । प्राधिकरणमा उहाँको विशेष स्वागत गरिएको थियो ।
प्राधिकरणको नेतृत्वमा रहनु भएको हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगको विज्ञको जिम्मेवारी दिइएको छ । शाक्यलाई विशिष्ठ श्रेणी सरह र खाइपाइ आएको सुविधा कटौती नहुने गरी उर्जा आयोगमा विज्ञका रूपमा पठाइएको छ ।




















