काठमाडौं:= टेल्जी नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रिक स्कुटर प्रदान गरेको छ । टेल्जीको नेपालका लागि आधिकारिक बिक्रेता योम माई नेपालले आफ्नो स्थापनाको एक वर्ष पूरा भएको अवसरमा केन्द्रलाई इलेक्ट्रिक स्कुटर प्रदान गरेको हो ।
टेल्जी नेपालका निर्देशक सञ्जिव शिल्पकारले भन्नुभयो, ‘हामीले सुरुदेखि नै आविष्कार केन्द्रसँग कसरी सहकार्य गर्न सकिन्छ भनेर प्रयास गरिरहेका थियौं, सोही क्रममा पहिलो वार्षिकोत्सवको अवसर पारेर टेल्जी लायन स्कुटर आविष्कार केन्द्रलाई प्रदान गरेका छौं ।’ केन्द्रले टेल्जी स्कुटरलाई अझै नेपाली भुगोल सुहाउँदो कसरी बनाउन सकिन्छ भनेर थप अनुसन्धान गर्ने उहाँले बताउनुभयो । टेल्जीका स्कुटरमा कि-लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युबलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जस्टेबल सस्पेन्सन, फास्ट चार्जिङ पोर्ट, ठूलो अन्डर सिट स्पेसलगायतका फिचर रहेको कम्पनीले जनाएको छ ।
वार्षिकोत्सवका अवसरमा कम्पनीले स्कुटर खरिदमा २० हजार रुपैयाँ छुटको घोषणा गरेको छ । साथै एक्सचेन्ज सुविधासमेत रहेको छ । ग्राहकले कुनै पनि ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग टेल्जीको नयाँ स्कुटर एक्सचेन्ज गर्न पाउने बताइएको छ । टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटरले एकपटकको फुलचार्जमा एक सय ३० किलोमिटरको माइलेज दिने र ब्याटी« एकपटक फुलचार्ज गर्न पाँच घण्टामात्रै लाग्ने कम्पनीको दाबी छ ।
टेल्जी लियोपार्डको मूल्य दुई लाख १० हजार रुपैयाँ तोकिएको छ । त्यस्तै टेल्जी लायनले फुलचार्जमा ८५ किलोमिटर माइलेज दिने र मूल्य एक लाख ८५ हजार रुपैयाँ बताइएको छ । त्यसैगरी टेल्जी टाइगरले एकपटकको फुलचार्जमा ९५ किलोमिटर माइलेज दिने र मूल्य एक लाख ९५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।




















