चीनको वैदेशिक मुद्रा सञ्चिति उच्च।

बेजिंग:= चीनको वैदेशिक मुद्रा सञ्चितिको परिधि बढेको छ । चिनियाँ राष्ट्रिय वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापन विभागले सञ्चितिको परिधि बढेको जनाएको हो ।

अगष्ट ७ तारिखमा दिएको तथ्यांकअनुसार चालु वर्षको जुलाई महिनाको अन्त्यसम्म चीनको वैदेशिक मुद्रा सञ्चितिमा संलग्न रकम ३२ खर्ब ३५ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ ।

वैदेशिक मुद्रा सञ्चिति यस वर्षको जुन महिनाको तुलनामा २१ अर्ब ९० करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ । त्यस्तै वृद्धिदर ०.६८ प्रतिशतले बढेको छ ।

राष्ट्रिय वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापन विभागका प्रवक्ता वाङ छुन यिङले चीनको वैदेशिक मुद्रा बजारको माग र आपूर्ति सन्तुलित रहेको र बजारको भविष्य पनि स्थिर रहन सक्ने दाबी गर्नुभएको छ ।

चिनियाँ अधिकारीका अनुसार कोभिड महामारी गम्भीर भएको, मुख्य मुलुकका मुद्रागत नीतिको अनुमान र समष्टिगत आर्थिक तथ्यांकलगायतका कारक तŒवको प्रभावस्वरूप अमेरिकी डलरबाहेकका मुद्राहरूको मूल्य बढेको छ ।