जान्हृवीको मिलीको चर्चा।

मुम्बई:= बलिउड अभिनेत्री जान्हृवी कपुरले काम गर्न लागेको नयाँ चलचित्र  ‘मिली’ यतिबेला चर्चामा छ । विशेष गरी यो चलचित्रका कारण जान्हृवी अझ चर्चामा हुनुहुन्छ । लोकप्रिय मलयालम फिल्म ‘हेलेन’ को रिमेको रूपमा यो चलचित्र बन्न लागेको हो ।

जान्हृवीले मुम्बईमा चलचित्रको सुटिङसमेत सुरु गरिसक्नुभएको छ । चलचित्रको सुटिङ उहाँले अगष्ट ४ बाट सुरु गरेको बताइएको छ । आधिकारिकरूपमा निर्माण युनिटले चलचित्र निर्माणको घोषणा गर्न बाँकी छ । फिल्मको निर्माण जान्हृवीका बुबा बोनी कपुरले जी स्टुडियोसँग मिलेर गर्न लाग्नुभएको हो ।

चलचित्रमा मनोज पाहवा र सनी कौशलको पनि मुख्य भूमिका रहनेछ । ‘हेलेन’ १५ नोभेम्बर २०१९ मा रिलिज भएको सफल मलयालम चलचित्र हो । चलचित्रले राष्ट्रिय पुरस्कारसमेत जितेको थियो ।