[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा सुरक्षागार्डको रुपमा कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएको छ।
नेपाल ठेगाना सिरहा जिल्ला धनगढीमाई नगरपालिका १२ गडमे निवासी ३८ बर्षिय पासपोर्ट नम्बर ०६५६२०७७ भएको खिल बहादुर शाहीको मृत्यु भएको हो।
शाही बिगत ३ बर्ष ८ महिनादेखि मलेसियाको अल्फा फोर्स सेक्युरिटी कम्पनीसंग वैधानिक हैसियतमै आबद्ध रहि सेलाङ्गर साहआलम सेक्सन २ मा अवस्थित एक कम्पनीमा सुरक्षागार्डको रुपमा काम गर्दै आईरहनु भएको थियो।

सोही कम्पनीमा कार्यरत अर्का एक श्रमिकले बताए अनुसार बिगत दुईचार दिनदेखि हामी लगायत शाही पनि ज्वरो, रुघाखोकी लगायको कारण बिरामी परेका थियौं , कम्पनीले शाही बिरामी परेको थाहा पाउने लगतै संगै काम गर्ने अन्य सुरक्षागार्डसंगै शाहीलाई पनि कोरोना टेस्ट गराउन भन्दा शाहीले नमानेको र अस्पताल समेत जान नमानेको बताउनुभयो। ति श्रमिकले थप बोल्दै भने हामी बाँकी सबैले कोरोना परिक्षण गरायौं र रिजल्ट आखिरमा पोजेटिभ आयो र हामी क्वारेन्टाइनमा बस्यौं तर हिजो शुक्रबार दिउँसो ०३:०० बजेको समयमा रुममै होम क्वारेन्टाइनमै रहेको बेला मृत्यु भएको बताउनुभयो।
मृतक शाहीको घरमा ३ छोरा अनि श्रिमती लगायत रहेको छ। मृतक शाहीको शव पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको छ। पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेतापनी लक्षण अनुसार शाहीको मृत्यु कोरोना संक्रमणलेनै भएको हुन सक्ने आशँका गरिएको छ।

पछिल्लो समय गएको जुलाई महिनादेखि मलेसियामा कोरोना संक्रमणले मर्ने नेपालीको सङ्ख्या उच्च रहेको छ। यहाँ मलेसियामा हरेक दिनजसो एक,दुई जना नेपाली श्रमिकको मृत्यु हुने गरेको नेपाली दूतावास को तथ्यांकले देखाउछ।



















