क्वालालम्पुर (मलेसिया):= मलेसियामा पछिल्लो केहि महिनादेखि कोराना भाइरसको सक्रमणका कारण मृत्यु हुने नेपाली कामदारको संख्या ह्वात्तै बढेको छ।
नेपाली कामदारको मृत्यु हुने क्रममै मलेसियामा एक हप्ता भित्रमा एउटै सेक्युरिटी कम्पनीमा कार्यरत दुई जना नेपाली कामदारको मृत्यु भएको छ। जेके सेक्युरिटी कम्पनीमा कार्यरत नेपाल ठेगाना सङ्खुवासभा जिल्ला मादी नगरपालिका १ साबिक (मादी मुलखर्क -३ ओइरङ्) का ३९ वर्षिय प्रेम कुमार राईको कोरोना सक्रमणको कारण सोमवार विहान मृत्यु भएको हो। केहि दिन अगाडि कोरोना सक्रमण पोजेटिभ देखिएका उनी होस्टलमै होम आईसोलेनमा सामान्य उपचार गर्दै वस्दै आएका थिए।

सक्रमण वढदै गएपछि चार दिन अगाडि मात्रै उनलाई कम्पनीले सेलायाङ्ग अस्पतालमा लगेर भर्ना गरेको थियो । अस्पतालमा उपचारकै क्रममा सोमवार विहान करीव ०७:३० बजेतिर प्रेम कुमार राईको मृत्यु भएको मलेसिया स्थित नेपाली दूतावासले जानकारी दिनुभएको छ । मृतक राई पाच वर्ष अगाडि वैदेशिक रोजगारीको लागि टेडवेय इण्टरनेशनल म्यानपावर मार्फत सुरक्षागार्डको रुपमा काम गर्नको लागि मलेसिया आएका थिए।
स्मरण रहोस् केहि दिन अगाडि मात्रै कपिलवस्तु जिल्ला भएर भई सोहि सेक्युरिटी कम्पनीमा कार्यरत ४३ वर्षका मनिकुमार चन्द वोहोराको कोरोना सक्रमणकै कारण मृत्यु भएको थियो।




















