भोजपुर सेवा समाज मलेसिया संस्थामा आबद्ध हुनको लागि भोजपुर जिल्लावासीलाई अनुरोध।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा स्थापना भएका विभिन जातिय , क्षेत्रीय संघ सस्थाले मलेसियामा कार्यरत नेपाली श्रमिकमाथी भैइपरि आएका खण्डमा समस्या समाधान गर्दै स्वदेश मा समेत विभिन्न  अफ्ठयारा हरुमा परेका नेपालीहरुलाई सघाउ पुर्याउदै आएका छन।

त्यसै क्रममा भोजपुर सेवा समाज मलेसिया पनि मलेसियामा रहेका श्रमिक दाजुभाइ लाई परेका बिपती मा सघाउ पुर्याउने उदेश्य का साथ २०७३ सालमा मलेसियामा स्थापित भयो तर त्यसले निरन्तरता भने पाउन सकेन । अहिले केही भोजपुर जिल्ला बासी साथीहरू सबैलाई एकाद्व गरेर लैजाने उदेश्यले मलेसियामा रहेका भोजपुर बासी दाजुभाइ दिदिबहिनी हरु लाई भोजपुर सेवा समाज मलेसियामा आबद्ध भैईदिनुहुन संस्थाले अनुरोध गरेका छन ।

एकताबद्ध भएर आपसि सरसहयोग आदानप्रदान गर्दै सामुहिक रुपमा आफ्नो ठाउका साथीहरू जुट्नुपर्छ भन्ने भाव ब्यक्त गर्दै खेमराज खत्री लगायतका साथीहरूले सबैलाइ ऐक्यबद्ध गराउने प्रयास थालेको जानकारी दिनुभएको छ।

उनका अनुसार तल दिइएका निम्न नम्बर हरुमा समपर्क गर्दै भोजपुर बासी साथीहरू लाई संस्थामा जोडिएर रहन अनुरोध समेत गरेका छ्न।

01151719564
दिलिप श्रेष्ठले
0134094617
पर्बत राई
0168821190
खिमराज खत्री
khem9676@gmail.com