पोर्न स्टार मिया खालिफाले गरिन सम्बन्धविच्छेद।

एजेन्सी:= पूर्व पोर्न अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेको घोषण गरेकी छिन्। उनले दुई वर्ष पहिले रोबर्ट सेन्डबर्गसँग विवाह गरेकी थिइन्। खलिफाले श्रीमानसँग अलग भएको जानकारी सामाजिक सञ्जालमार्फतै दिएकी छिन्।

मियाले रोबर्टसँगको विवाहलाई कायम राख्न कडा प्रयत्न गरे पनि सफल नभएको भनेकी छिन् । मिया खलिफाले आफ्नो इन्स्टाग्राम पोस्टमा लेखेकी छिन्, ‘हामी ढुक्कका साथ भन्न सक्छौं कि हामीले हाम्रो वैवाहिक जीवन बचाउन सबै थोक गर्यौं।

थेरापी र प्रयासको बाबजुत, हामीलाई थाहा भयो कि हामीले एक अर्काप्रतिको भावना गुमाएका छौं । सबै भन्दा राम्रो, हामी जहिले पनि एक अर्कालाई प्रेम र सम्मान दिनेछौं ।किनकि हामीलाई थाहा छ कि हाम्रो सम्बन्धविच्छेद कुनै एकल घटनाको कारणले भएको थिएन, ति कारणहरु जुन परिवर्तन हुन नसक्ने थिए । त्यसकारण कसैले पनि एक अर्कालाई दोष दिन मिल्दैन्।’

मियाले आफ्नो बयानमा अगाडि लेखिन्, ‘हामी कुनै पश्चाताप बिना यो अध्याय बन्द गर्दैछौं । हाम्रो नयाँ छुट्टै जीवन सुरु गर्न जाँदैछौं । तर हामी हाम्रो परिवार, साथीहरू र घरपालुवा कुकुरहरूसँग जोडिएर बस्नेछौं । यो एक लामो समयको काम थियो तर हामी खुसी छौं ।

हामीले हाम्रो समय लियौं र सम्बन्ध जोगाउने सबै भन्दा राम्रो कोसिस गर्यौं । अब टाढा जाँदै गर्दा भन्न सक्छौं कि हामीले सम्बन्ध जोगाउन सबै भन्दा राम्रो उपाय लगाएका थियौं ।’हामी तपाईंलाई बताउँछौं कि उमेर पुगेकाहरुले मात्रै हेर्न मिल्ने चलचित्रमा मिया खलीफाले सन् २०१४ मा प्रवेश गरेकी थिइन् । त्यसपछि मियाको परिवारले उनीहरूलाई आफूबाट अलग गर्यो।

सन् २०१६ मा उनले ३ महिना काम गरेर त्यस क्षेत्रलाई अलविदा गरेको बयान दिएकी थिइन् । सो क्षेत्र छोडेपछि बीचमा उनले होटल क्षेत्रमा जागिर गर्दै आएकी थिइन् ।स्विडेनी नागरिक शेफ रबर्ट स्यान्डबर्गसँग मियाले सन् २०१९ मा इन्गेजमेन्ट गरिन् । त्यसको २ महिना पछि उनीहरू दुवैले विवाह गरेका थिए ।

मिया खलीफा उमेर पुगेकाहरुले हेर्न मिल्ने चलचित्रकी लोकप्रिय अभिनेत्री हुन् । केही दिन अघि मियाले बलिउडमा डेब्यू गर्न सक्ने चर्चाहरू आएका थिए ।उनी पछिल्लो समय विभिन्न सामाजिक विषयहरुमा पनि आफ्नो आवाज उठाउँदै आएकी छिन् । उनले भारतमा जारी किसान आन्दोलनको समर्थन गरेकी थिइन् ।

खालिफाले सन् २०१४ मा पोर्न उद्योगमा पाइला राखेकी थिइन्। सन् २०१६ मा उनले पोर्न उद्योग छाडेकी थिइन्।