मलेसियामा सुरक्षागार्डमा कार्यरत मनिकुमार चन्द बोहोराको कोरोनाले मृत्यु।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति बिगत दुई बर्ष देखि मलेसियामा सुरक्षागार्डको रुपमा कार्यरत एक नेपाली कामदारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

नेपाल ठेगाना कपिलवस्तु जिल्ला घर भई मलेसियाको क्वालालम्पुरमा अवस्थित जेके सेक्युरिटि सर्भिस नामक कम्पनीमा सुरक्षागार्डमा कार्यरत ४३ बर्षिय नेपाली कामदार मनिकुमार चन्द बोहोराको कोरोना भाइरसको संक्रमणले हिजो बिहिवार मृत्यु भएको सोही कम्पनीमा कार्यरत नेपाली हरुले मलाया खबरलाई जानकारी गराउनु भएको हो।

यहीँ महिना जुलाई २३ तारिखका दिन मनिकुमारमा कोरोना लक्षण पोजेटिभ देखिएपछि उनी कम्पनीले बस्न दिइएको  होस्टलमै होम क्वारेन्टाईनमा रहेका थिए ।

होस्टलमै उनको अवस्था विग्रन थालेपछि कम्पनीले एम्वुलेन्स वोलाएर अस्पतालमा लैजाने ब्यवस्था मिलाउदा मिलाउदै उनको मृत्यु भएको जनाइएको छ। हाल वोहोराको शवलाई पोष्टमार्टमको लागि सलायाङ अस्पतालमा राखिएको छ ।