टोकियो ओलम्पिक: नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमै हार्यो।

एजेन्सी := टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोकी सोनिया भट्ट महिला ४८ केजी तौल समूहको पहिलो खेलमा रसिया ओलम्पिक कमिटिकी इरिना डोल्गोभासँग पराजित भएकी छिन् । राउन्ड अफ ३२ को प्रतिस्पर्धामा सोनिया १ मिनेट १६ सेकेन्डसम्म प्रतिस्पर्धामा रहेकी थिइन् । इरिनाले इप्पन जोड्दै सोनियालाई पराजित गरेकी हुन् ।

अब इरिनाले फाइनलमा स्थान बनाएको खण्डमा सोनियाले रेपेचेजमार्फत पुन: प्रतिस्पर्धा गर्न पाउनेछिन् । दोस्रो चरणको खेल आज नै हुनेछ। यसअघि आजै नेपालकी अर्की खेलाडी कल्पना परियारले सुटिङको महिला १० मिटर एयर छनोट चरणमा प्रतिस्पर्धा गरिन् । उनले राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा छनोट हुन सकिनन्। कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । कल्पनाले ६१६.८ स्कोर गरेर राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा भने छनोट हुन सकिनन् । छनोटबाट शीर्ष ८ खेलाडीले मात्र फाइनल खेल्नेछन्। उनी ५० जना खेलाडीमध्ये ४६ औं स्थानमा रहिन्। अब नेपालका पौडी खेलाडीद्वय गौरिका सिंहले महिला १०० सय फ्रिस्टाइल र एलेक्जान्डर ग्याडिगाड शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्।

एलेक्सले २७ जुलाईमा र गौरिकाले २८ जुलाईमा प्रतिस्पर्धा गर्नेछन्। एलेक्सले हिट चरण पारे २८ जुलाईमा अर्को चरणमा भिड्नेछ। उनी सहभागी इभेन्टको पदकको टुंगो २९ जुलाईमा लाग्नेछन् । यस्तै गौरिका सहभागी एभेन्टमा २९ र ३० जुलाई अर्को चरणमा प्रति स्पर्धा हुनेछ। यसैगरी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला सय मिटर दौडमा ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन्। महिला सय मिटर दौडको पदकको टुंगो ३१ जुलाईमा लाग्नेछ।