न्यूयोर्क:= अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले पठाएको यान पर्सिवरेन्स रोवरले मंगलग्रहको पहिलो नमुना लिने तयारी गरेको छ । रोवरमा रहेको औंला आकारको ‘कोर’ ले मंगलग्रहको ढुंगाको नमुना लिने भएको हो । यसरी लिइएको नमुना ट्युबमा राखेर शिल गरिनेछ र त्यो अन्ततः पृथ्वीमा ल्याइनेछ ।
मंगलग्रहमा कुनै पनि बेला प्राणी वा कुनै प्रकारको जीवन थियो÷थिएन भन्ने जान्नका लागि सतहको नमुनाको अध्ययन सुविधासम्पन्न प्रयोगशालामा हुनुपर्ने र त्यसले राम्रो जवाफ दिन सक्ने वैज्ञानिकले बताएका छन् ।
त्यहाँबाट संकलन गरिने नमुनाले विगतमा कुनै प्रकारको प्राणी वा वनस्पति रहेको भए जीवाष्ममार्फत् जानकारी दिन सक्ने वैज्ञानिकले बताएका छन् ।
पर्सिवरेन्स रोवर गएको फेब्रुवरीमा मंगलग्रहमा अवतरण गरेको हो । पाँच महिनाअघि अवतरण गरेको स्थानबाट नासाको रोबर्टले झण्डै एक किलोमिटर यात्रा गरेको छ । अहिले सो रोबर्ट पेभर स्टोन्स भएको स्थानमा रोकिएको छ ।




















