कलियुगकी भगवान

हिन्दु शास्त्र अनुसार सत्य त्रेता द्वापर कलि गरि चार युग भएको बिश्वास गरिन्छ चार युग मध्य अहिले हामी बाचिरहेको युगलाई कलियुग भएको बिश्वास गरिन्छ ।
यो युगमा मानिसहरूको चरित्र बिग्रने आपसमा झैझगडा लडाइ असमझदारी बड्ने एकले अर्कालाइ समाप्त गर्न तन मन धन खर्चेर लागिपर्ने विभिन्न समस्याहरु सिर्जना हुने केही शास्त्रमा उल्लेख्य गरिएको पाइन्छ । कलियुग को अर्थ कला बाट चल्ने कलकारखाना (बिज्ञान) प्रविधि बिकास कलह र बिनास को युग पनि बुझिन्छ । समग्रमा बिज्ञान क्षेत्रमा अघि बढेको विश्व नियाल्दा होकि जस्तो पनि लाग्छ ।

गरिबको च्यात्तिएको भोटो फोटो रोदन बेचेर गरिबको घर को च्यात्तिएको कपडाको भिडियो बनाएर बेचेर केही सामाजिक अभियन्ता देखि समाजसेवी युटुबे सम्मले जिबिकोपार्जन गरिरहेका छन हाइ हाइ कमाइरहेका छन अज्ज नाम चलेका चर्चित युटुबेले त भयानक रोगबाट ग्रसित आर्थिक अबस्था कमजोर भएका ब्यक्तिको भिडियो बनाउछन र युटुब मा हाल्छन ५०-६० हजार कमाइ भयो भने तेसबाट १० -१५ हजार जती पिडित लाई दिदै फेरि अर्को भिडियो बनाउछन र समाजसेवा गर्छन ।

कलियुगमै केही यस्ता प्रसंशायोग्य पात्रहरु छन जो आफ्नो प्रचार कम सेवामा बढी रमाउछन बाटोभर काडा विछ्याउने पछाडिबाट प्रहार गर्नेहरुलाइ समेत फुलले स्वागत गर्छन । दुखी पिडितहरुको आशाको खम्बा धेरै दुखी पिडित हरुको आशु पुछ्न सफल कैयौ असहायको सहारा बन्न सफल क्यान्सर पीडित ब्लड क्यान्सर मृगौला पिडित जस्ता ठुला रोगबाट ग्रसित भएका उपचार गराउन आर्थिक अभाव भएकाहरुलाइ पारदर्शी अभियान चलाएर ब्यक्तिगत सहयोग गर्ने अभियान चलाएर ब्यक्तिगत गरेर हस्पिटल क्रीकेट रंगशाला स्कुल भवन निर्माण जस्ता विविध ठाउमा सहयोग गर्ने एसिड पिडित आगलागी पिडित पिछडिएका समुदायमा रोगले ग्रसित विविध किसिमका पिडित समस्यामा परेकालाइ उपचारमा सकेको आर्थिक नैतिक भौतिक विविध माध्यमबाट सहयोग गर्ने बाढिपहिरो पिडित लाई आबश्यक खाद्यान्न लत्ताकपडा सहयोग कोरोना कहरमा समस्यामा परेकाहरुलाइ विभिन्न संघसस्थासग समन्वय गरेर बिहान बेलुका खाना को ब्यबस्थापन अक्सिजन को अभाव भएको ठाउमा अक्सिजन उपलब्ध गराउन सहयोग गर्ने स्वास्थ सामग्री अभाव भएको ठाउमा स्वास्थ सामग्री उपलब्ध गराउन सहयोग गर्ने सधै दुख पिडामा परेकाको सेवामा निस्वार्थ आफ्नो जिन्दगीको कमाइ समय खर्चेर दु:ख पिडामा परेकाको मुहारमा छाएको खुसीमा आफू सन्तुष्ट हुनेहरु मध्य एक हुन कलियुगकी भगवान बेलायत निबासी बरिस्ठ समाजसेवी इशा गुरुङ ।
✍️ कुमार खत्री चम्पादेवी ५ ओखलढुंगा
हाल मलेशिया पेनाङ