एनआरएनए मलेसियाको अध्यक्षमा बिनोद थापा निर्विरोध निर्वाचित।

[ दिनेश खड्का खप्तडी / आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= गैर आवासिय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२१ देखि २०२३ सम्मको कार्यकालको लागि अध्यक्ष पदमा विनोद वहादुर थापा निर्विरोध निर्वाचित भएका छन ।

थापा आज मिति सन् २०२१ , जुलाई २० तारिख मंगलबारको दिन एनआरएनए मलेसियाको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएको हो।

यसैगरी महासचिवमा रन्जित कुमार क्षेत्री, सचिवमा रोशन सुब्बा,नारायण अधिकारि र कोषाध्यक्ष कृष्ण नेपाल, युवा संयोजकमा अरुण गिरि निर्विरोध भएका छन ।

उनीहरु सवैजना सहमतीमै निर्विरोध भएका हुन । यसैगरी सदस्यमा बिरेन्द्र कार्की, बिष्णुप्रसाद बराल, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ, टेकबहादुर अधिकारी, पासाङ लामा निर्विरोध भएका छन ।

आईसिसि सदस्यहरु तथा उपाध्यक्षमा मात्र सहमतिको प्रयास हुन वाकि रहेको छ ।सहमतिको लागि प्रयास भैरहेको र सहमतिको लागि छलफल चलिरहेको छ । आज सम्म मलेसियामा एनआरएनको कहिल्यै पनि चुनाव भएको छैन ।

मलेसिया एनआरएनले निर्विरोध भएको पत्र केन्द्रमा पठाएपछि मात्र यसले वैधानिकता पाउने छ । मलेसियामा हाल ५२५९ जना पन्जीकृत सदस्यहरु रहेका छन । यो मलेसियाको एनआरएनको इतिहासमै सवैभन्दा धेरै हो ।

थापाको काधमा अव सवै एनआरएनहरुलाई मिलाएर लैजानु ,एनआरएनलाई मजदुर मुखि वनाउनु,नेपाली दुतावास संग सम्वन्वय गर्दे नेपाली मजदुरका मुद्धालाई उठाउनुका साथै एनआरएनएहरुको लागि नेपालमा सरकारसंग सहकार्य गरेर बिकास निर्माण तथा आवश्यक लगानीको वातावरण मिलाउनु, मलेसियामा विभिन्न कारणबस दु:ख भोगिरहेका नेपाली मजदुरलाई सहयोग र उद्दार गर्नु लगायत सम्मको विभिन्न चुनौतीहरु समेत थपिएको छ ।

नयाँ अध्यक्षमा निर्वाचित भएका थापालाई सहमतिमै निर्वाचन सम्पन्न गराएकोमा धन्यवाद व्यक्त गर्दै मलेसियाको नेपाली जनसम्पर्क समिती मलेसियाको तर्फबाट , मलेसियाको ब्यापारी , ब्यावसायी, विभिन्न संघसंस्थाको प्रतिनिधिहरु र श्रमिक लगायकोले पनि हार्दिक बधाई ज्ञापन गरेका छ्न। उम्मेदवारी दिइएकाहरु मध्य उहाँ मात्रै एकजनाले आगामी कार्यकालको लागि घोषणापत्र जारि गर्नुभएको थियो।