तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

मेष– आफन्त नै वैरी भैदिनेछन् । तनावले बाधा गर्नेछ । स्वास्थ्यमा खराबी आउनेछ ।

वृष– सानो यात्रा गर्नु पर्नेछ । भातृ सुख मिल्नेछ । व्यापारमा प्रगति थपिनेछ ।

मिथुन– खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

कर्कट– मित्रबाट सहयोग मिल्नेछ । उत्साह, उमंग बढ्नेछ । रमाइलोमा खर्च हुनेछ ।

सिंह– स्वास्थ्यमा बाधा हुनेछ । आर्थिक क्षति बेहोर्नु पर्ने छ । फाइदा अरुलाई जानेछ ।

कन्या– कृषि खाद्यान्नबाट आम्दानी हुनेछ । व्यवसायमा फाइदा मिल्नेछ । धन सम्पति जोहो हुनेछ ।

तुला– क्षमताको राम्रो कदर हुनेछ । राजनीतिक लाभ आउनेछ। रोजगारीको अवसर मिल्नेछ ।

वृश्चिक– वैदेशिक काममा फाइदा मिल्नेछ । सामाजिक काममा व्यस्त भइनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ

धन– खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

मकर– प्रेममा खुशी बढ्नेछ । पारिवारिक रमाइलो बढ्नेछ । वैवाहिक कुरा चल्नेछ ।

कुम्भ– विरोधीले बाटो छोड्दिने छन् । खेलकुदमा मन जानेछ। आरोग्यताको वृद्धि हुनेछ ।

मीन– अध्ययनमा समय जानेछ । कला संगीतमा प्रगति देखिन्छ । आम्दानीको स्रोत मिल्नेछ ।