मुश्लिम धर्मावलम्बीको महानचाँड हरिराया हाँजीको अवसरमा नेपाली दूतावास बन्द रहने।

क्वालालम्पुर (मलेसिया):= मलेसिया क्वालालम्पुरमा अवस्थित नेपाली राजदूतावास भोलि मंगलबार बन्द रहने भएको छ।

मुश्लिम धर्मावलम्बीहरुको महानचाँड हरिराया हाँजी आइदिलअदाको शुभ अवसरमा भोलि मिति सन् २०२१ , जुलाई २० तारिख मंगलबार एकदिन दूतावास बन्द रहने मलेसिया स्थित नेपाली दूतावासले एक सुचना सार्वजनिक गरि जानकारी गराउनु भएको हो।

तल हेर्नुहोस दूतावासले जारी गरेको सुचना : 

यही २०७८ साउन ५ गते (जुलाइ २०, २०२१) मंगलबारको दिन मुस्लिम धर्मावलम्बीहरुको महान चाँड हरिराया हाँजी आइदिलअदाको अवसरमा राजदूतावासको नियमित कन्सुलर सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।तर आकस्मिक सेवा लिनको लागि यस अवधिमा राजदूतावासको हटलाईन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न सकिने छ। साथै यस दूतावासका २०७८ सालका बिदा सम्बन्धी सम्पूर्ण जानकारी हाम्रो वेबसाइटको तल दिइएको लिंकमा हेर्न सकिने समेत अनुरोध छ ।

This is to inform all the concerned that the regular consular services of the Embassy shall remain closed on Tuesday, 20 July 2021 on the occasion of Hari Raya Aidiladha.

The list of public holidays for the Nepali calendar year 2078 (14 April 2021 – 13 April 2022) can also be accessed at the following link on the Embassy’s website at https://my.nepalembassy.gov.np/public-holidays/