काठमाडौं:= नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अबदेखि बालुवाटारमा पार्टीका बैठक नगर्ने प्रतिबद्धता गर्नु भएको छ ।
केही दिनअघि सरकारी निवास बालुवाटारमा कांग्रेसको पदाधिकारी बैठक बसेपछि तीव्र आलोचना भएसँगै केन्द्रीय सदस्य गगन थापालगायतले त्यसो नगर्न सभापति देउवालाई आग्रह गर्नु भएको थियो ।





















