एजेन्सी:= अफगान सरकार र तालिवानीहरुले वार्तालाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् । कतारको दोहामा जारी वार्ताका क्रममा दुवै पक्षले युद्धविराम र सरकारी नियन्त्रणमा रहेका विद्रोही लडाकूको रिहाइलगायतका विषयमा आन्तरिक रुपमा थप छलफल गरेर सहमतिमा पुग्ने प्रतिवद्धता जनाएका हुन् ।
बैठकपछि संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा शान्ति वार्तालाई निष्कर्षमा पु¥याउने प्रतिवद्धता जनाएका हुन् । उनीहरुले वार्ताका लागि दुवै पक्षले विस्वासको वातावरण बनाउन थप गृहकार्य गर्नेसमेत जनाएका छन् ।
दुवै पक्षले लामो समयदेखि वार्ता गरिरहेका छन् । अमेरिकाले आफ्ना सेना फिर्ता बोलाउने निर्णय गरेलगत्तै दुवै पक्षबीच पटक पटक वार्ता भएको हो ।सरकारसँग वार्ता जारी रहेपनि तालिवानी लडाकूहरुले अफगानिस्तानका चरा सय जिल्लामध्ये आधा भन्दा बढी आफ्नो नियन्त्रणमा रहेको बताउँदै आएका छन् ।
अमेरिकी सेना फिर्ता भएलगत्तै तालिवानीले सशस्त्र गतिविधि तीव्र पारेसँगै वार्ताका लागि सरकारलाई थप दवाव परेको थियो।




















