फौजदारी कसुर वा अपराधिक गतिविधि प्रमाणीत भए उम्मेदवारी रद्द: एनआरएनए मलेसिया।

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपालि संघ मलेशियाको आगामी अधिबेशनको लागि समितिको अन्तिम बैठक बिभिन्न निर्णयहरु गर्दै  बुधबार सम्पन्न भएको छ।संघको २०१९-२१ को समिति लाई विघटन गर्दै निर्वाचन समिती लाई आगामी अधिबेशनको सम्पुर्ण जिम्मेवार हस्तान्तरण गरेको जनाएको छ।

गैर आवासीय नेपाली संघ मलेशियाको २०२१-२३ का लागि कार्यकारी पद तथा समिती सदस्यको लागि आफ्नो परिचय खुल्ने आधिकारिक र बैधानिक प्रमाणहरु सहित निर्बाचन समितीमा १६ जुलाइ ५ बजे बेलुका सम्म उम्मेदवारी दर्ता गरिसक्न आग्रह पनि गरेको छ।

आफुले दर्ता गरेको उम्मेदवारी कारणबस फिर्ता लिन चाहे १७  जुलाई ५ बजे  भित्र  फिर्तागर्न सकिने बिज्ञप्तीमा जनाएको छ। जारी बिज्ञप्तीमा उम्मेद्बारी फिर्ता लिएको खण्डमा उमेदवारले दर्ता बखत तिरेको शुल्क फिर्ता नहुने समितिको बैठकले निर्णय गरेको  छ।

संस्थाको आगामी २०२१-२०२३ को कार्यसमिति २१ सदस्यीय रहने निर्णय गरेको छ। र संघको कार्यसमितिमा आवद्ध हुन चाहाने ब्यक्तिहरुले तपशिल बमोजिमको सदस्यता शुल्क सस्थाको खातामा उम्मेद्बारहरुले जम्मा गरि अन्लाईन ट्रान्सफर गरेको भौचर(स्लिप) निर्बाचन समितीमा उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ।

बैठकले कार्यसमितिका पदहरुमा उम्मेदवारी दर्ता गरेका उम्मेदवार यदी बिगतमा कुनै फौजदारी कसुर मुद्दा तथा अन्य सामाजिक अपराधजन्य कार्यमा क्रियाशील रहेको प्रमाणित हुने तथ्य र प्रमाण सहित निवेदन निर्बाचन समितीमा परे स्वत्त उम्मेद्बारी रद्ध गर्ने अधिकार निर्बाचन समिती लाई दिइएको छ।

-कार्यसमिति सदस्य शुल्क किन अस्वोभाबिक?

कार्यसमिति सदस्यताका लागी उम्मेरद्वारी दर्ता शुल्क अघिल्लो पटक भन्दा यसपटक बढी निर्धारण गरीए संगै सामाजिक संजालाहरुमा बिरोध भएका छन्।उक्त जनचासो र सरोकारको बिषयमा संघका निवर्तमान कोषाध्यक्ष्य कृष्ण प्रसाद नेपाल लाई टेलिफोन मार्फत जिज्ञासा राख्दा बिगतमा राजनीतिक पार्टीहरुले बहुमतका लागि सदस्यहरु दर्ता गर्ने” र बहुमत देखाउदै बार्गेनिंग गर्ने सदस्यता बापतको शुल्क नबुझाउने बैठक बोलाउदा उपस्थित नहुने जस्ता गतिबिधिहरुले गर्दा यो पटक त्यस्ता गतिविधिहरु बाट बच्न यस्तो निर्णय गरिएको बताए।

उनले थप बोल्दै भने संघको २०१९-२१ को कार्यसमितिमा निवर्तमान अधक्ष्य हरि भट्टराईले सस्थाको आर्थिक अवस्थामा निक्कै सुधार गरेको र,जनचासो र श्रमिक हितमा ठुलो योगदान गरेको उनले दाबि गरे। आगामी कार्यसमिती कस्तो हुने हो  चिन्ता व्यक्त गरे।अघिल्लो समितिमा श्रमिक हितमा धेरै काम गरयौ सस्थाले गर्नुपर्ने कर्तव्यहरू पुरै निर्बाह गरेका छौ। र बाकि रहेका काम पुरा गर्न छ। “उनले थपे”।

कार्यसमितिका लागी सदस्यता शुल्क:-

अध्यक्ष, Rm-५००१

वरिष्ठ उपाध्यक्ष,Rm-४००१

उपाध्यक्ष ,Rm-३००१

महिला उपाध्यक्ष,Rm-3001

महासचिव, Rm-३००१

सचिब, Rm-२५०१

कोषाध्यक्ष Rm- ३००१

सह-कोषाध्यक्ष Rm-२५०१

युवा संयोजक  Rm-२५०१

महिला संयोजक Rm-२५०१

सदस्य, Rm- २००१

आई.सि.सि.सदस्य, Rm-१०००

सस्थाको बैंक खाता:-

CIMB Bank

Account No.8602887855

Account Name .  PERSATUAN KETURUNAN NEPAL MALAYSIA

 

५ सदस्यीय निर्वाचन समिती:-

संयोजक – पुरुस्वत्तम कट्टेल 0162532851

सदस्य हरु – बिष्णु प्रसाद पौडेल 01116836184

– बाबुराम शर्मा  0189774750

– बासु पोख्रेल 0173080378

– नेपाली राज दूतावास प्रतिनिधि

एनआरएन मलेसियाको निर्वाचन प्रक्रिया सम्बन्धि जानकारी :