जनउद्वार केन्द्र मलेसियाले प्यारालाइसिस बिरामीलाइ उद्वार गरि स्वदेश फिर्ता गरायो।

सामाजिक कल्याणकारी संघ जनउद्वार केन्द्र मलेसिया ले प्यारालाइसिस भएका इलामका देउधन राइ लाइ उद्वार गरि स्वदेश फिर्ता गराएको छ ।

मलेसियाको पेनाङ स्तित सिम्पाङ अप्पात मा अबस्थित म्याक्सोनिक मार्केटिङ कम्पनी काम गर्दै आएका देउधन राइ ले कम्बर नचलेपछी रोजगारदाता कम्पनिले उचित रेख्देख र उपचार नगरेको आफ्नो कुरा हरु नसुनेको भन्दै जनउद्वार केन्द्रमा स्वदेश फिर्ता पहल गरिपाउ भन्ने दिएको निबेदन को आधारमा केन्द्रले रोजगारदाता कम्पनी सङ कुरा गरि राइ लाइ उद्वार गरि स्वदेश फिर्ता गराउने वातावरण मिलाएको हो ।

राई लाई आज बिहान नेपाल एयरलाइन्स बाट स्वदेश फिर्ता गराएको केन्द्रका अध्यक्ष केशु थापाले जानकारी दिए। राई लाई फिर्ता गराउन नेपाली राजदुतावास क्वालालम्पुर र स्वयम राइको रोजगारदाता कम्पनीको सहयोग रहेको बताए ।