देउवा नेतृत्वको सरकारलाई विश्वासको मत पनि नदिने ओली एमालेको निर्णय।

काठमाडौं:= नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ ।

च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबार बसेको स्थायी कमिटीको बेठकले उक्त निर्णय गरेको हो । सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको एमाले स्थायी कमिटी बैठकको ठहर छ ।

१० बुँदे सहमति अनुमोदन, कार्यदल भंग : 

स्थायी कमिटीको बेठकले पार्टी एकताका लागि कार्यदलले जुटाएको १० बुँदे सहमति अनुमोदन गरेको छ । बैठकले कार्यदलको सहमति अनुमोदनसँगै कार्यदल पनि भंग गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

ज्ञवालीले भन्नुभयो, ‘पार्टीको तर्फबाट कार्यदलले जुटाएको १० बुँदे सहमति ग्रहण गर्दै अनुमोदन गर्ने निर्णय भएको छ । त्योसँगै कार्यदल विघटन गरिएको छ।’