करिनाको पुस्तक ‘प्रेग्नेन्सी बाइबल’ विरुद्ध उजुरी दर्ता।

एजेन्सी := बलिउड अभिनेत्री करिना कपूरले पाँच दिन अघि मात्रै एक पुस्तक सार्वजनिक गरिन्। ‘प्रेग्नेन्सी बाइबल’ नामको पुस्तकमा उनले आफूले भोगेका गर्भावस्थाको शारीरिक तथा मानसिक अनुभवबारे जानकारी दिएकी थिइन्।

पुस्तक सार्वजनिक भएसँगै उनी विवादमा फसेकी छिन्। उनको पुस्तकको शिर्षकलाई लिएर प्रहरीमा उजुरी परेको छ। पुस्तकको नामको विषयमा महाराष्ट्रको बीड शहरमा एक इसाई संगठनले करिना कपूर र अन्य दुई जनाविरुद्ध ऊजुरी दर्ता गरेका हुन्।

ऊजुरीकर्ताले उक्त किताबमा ‘बाइबल’ शब्दको प्रयोगले क्रिश्चियन समुदायको धार्मिक भावना ठेस पुर्‍याएको आरोप लगाएका छन्।

करिनाले यो किताबलाई आफ्नो ‘तेस्रो सन्तान’ बताएकी थिइन्। यसै वर्ष फेब्रुअरीमा करिनाले दोस्रो सन्तानलाई जन्म दिएकी थिइन्।