विश्वका १०४ राष्ट्रहरूमा डेल्टा भेरिएन्ट फैलियो: डब्लुएचओ।

न्यूयोर्क:= विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका १०४ राष्ट्रहरूमा डेल्टा भेरिएन्ट फैलिएको दाबी गर्दै यसले भयावह रूप लिने चेतावनी दिएको छ । डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेसियसले पछिल्लो समय डेल्टा भाइरसको संक्रमण तीव्र रुपमा फैलिएकाले धेरै देशहरू प्रभावित हुनसक्ने बताउनुभएको हो ।

विगतको दश साता विश्वभर संक्रमण दर घटेका बेला पछिल्लो समय यो भेरिएन्ट निकै सक्रिय रहेको अनुसन्धानबाट खुलेको भन्दै गेब्रेसियसले नियन्त्रणका लागि तयारी रहन निर्देशन दिनु भएको छ । यो भेरिएन्टले कोरोनाको खोप नलगाएका व्यक्तिहरू बढी संक्रमित हुने गरेको भन्दै खोप अभियानमा तीव्रता दिन उहाँले सुझाब दिनुभएको छ ।