महिनावारी हुँदा छाउ नबार्ने महिलाहरु पुरस्कृत।

डोटी := डाेटीकाे पूर्वीचौकी गाउँपालिकाले महि’नावारी रजस्वला भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कार सहित सम्मान गरेको छ। वर्षभरिमा महि’नावारी हुँदा घरैमा बस्ने वडा भरिका १४ महिलालाई सम्मान स्वरुप पुरस्कृत गरि एको गाउँपालिकाले जनाएको छ । महि’नावारी भएका बेला छाउ बार्ने परम्परा तो’डेको भन्दै उनीहरुलाई नगद पुरस्कार जनही पाँच हजार रुपैयाँ सहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो ।

महिनावारी छा’उ बारेकै कारण यस गाउँपालिकामा अहिलेसम्म तीन महिलाले अका’लमै ज्या’न गु’माइसकेको पाइएको छ । गाउँपालिकाले महि’नावारी नबार्न गाउँमा विभिन्न कार्यक्रम सञ्चालन गरेपछि अहिले त्यहाँका महिला महि’नावारी हुँदा घरै बस्ने गरेको गाउँ पालिका उपाध्यक्ष निर्मलादेवी साउदले बताउनु भयो । उहाँले भन्नुभयो, ‘महि’नावारी हुँदा छा’उ बार्ने र गोठमा बस्ने चलनले धेरै महिलाले ज्या’न गु’माएका कारण हामीले छाउ नबार्न अभियान चलाएका थियौँ, हाम्रो अभियान सफल भएको छ ।’

छाउ भएका बार्ने महिला तथा छा’उ बार्न लगाउनेलाई पालिकाले नागरिकता सिफारिस, जन्म, मृत्यु दर्ता लगायतका सेवा दिन बन्द गर्ने निर्णय गरेसँगै अहिले छा’उ बार्ने महिलाको सङ्ख्या घटेको निमित्त प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर खड्काले बताउनु भयो । उहाँले भन्नुभयो, ‘छा’उपडी बार्ने जस्तो अति घृ’णि’त कार्य ब’न्द गर्न हामीले गाउँपालिकामा अभियान नै चलाएका छौँ, अब यहाँको छा’उपडी प्र’था अन्त्य हुनेमा विश्वस्त छौँ ।’ गाउँपालिकाले वर्षभरिमा महि’नावारी अर्थात् छा’उ हुँदा नबार्ने महिलालाई वर्षैपिच्छे सम्मान गर्दै जाने योजना बनाएको छ ।