[ राम अवतार चाैधरी ]
चन्द्राैटा(कपिलवस्तु):= थारु पत्रकार संघ नेपाल कपिलवस्तु शाखा सदस्य तथा रेडियो विजयनगर १००.७ मेगाहर्जकी समाचार प्रमुख सोन कुमारी थारु सम्मानित भएकी छन् । विजयनगर गाउँपालिकाको समग्र विकास निर्माणका गतिविधिबारे सूचना तथा समाचार सम्प्रेषणकाे उच्च मूल्यांकन गर्दै उत्कृष्ट स्थानीय सञ्चारकर्मीको रुपमा छनोट गरि थारुलाई सम्मान गरिएकाे गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले बताए ।
थारुलाई दोसल्ला तथा नगद रु१२ हजार ५ सय रकम सहित सम्मान–पत्रले साेमबार अध्यक्ष थापाले सम्मान गरेका हुन् । गाउँपालिकाले प्रत्येक वर्ष प्रदान गरिने उत्कृष्ट व्यक्ति कार्यक्रम अन्तर्गत थापस जिल्ला सदस्य तथा समाचार प्रमुख थारुलाई सम्मान गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत गाेविन्द भट्टराईले बताए ।

सञ्चारकर्मी थारु विगत ७ वर्ष देखि रेडियो कपिलवस्तु लगायत विभिन्न रेडियोमा लामो समय देखि सञ्चार क्षेत्रमा काम गर्दै आएकी छन् । कपिलवस्तुकै पहिलो रेडियो कपिलवस्तुबाट सञ्चार क्षेत्रमा प्रवेश गरेकी थारुले रेडियो भ्वाइस हुँदै अहिले थारु पत्रकार संघ नेपाल कपिलवस्तुको सह–सचिव समेत रहेकी थारु रेडियो विजयनगरको समाचार प्रमुखको रुपमा कार्यरत रहँदा विजयनगर गाउँपालिकाले सम्मान गरेकाे बताइएकाे छ ।
गाउँपालिकाको सभाहलमा आयोजित नवौँ गाउँसभाको दोस्रो बैठकमा उत्कृष्ट कर्मचारी, सञ्चारकर्मी र समाजसेवीलाई सम्मान गरिएको छ । समाजसेवी शीतला चाई, ४ का वडा सचिव सुरेस बस्याल, स्वास्थ्यका कार्यालय सहयोगी रामेश्वर लोनिया, वडा २ का कार्यालय सहयोगी प्रवेज अहमद खाँ, सहायक कार्यालय अपरेटर रवि प्रताप यादव, लेखापाल गोविन्द अधिकारी, अ.स.ई. शिव बहादुर बढई लगायतलार्ई नगदसहित पुरस्कृत तथा सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।



















