नेपाल आइपुग्यो अमेरिकाले उपहारस्वरुप दिएको १५ लाख डोज कोरोना खोप।

काठमाडौं:= अमेरिकाले उपहारस्वरुप उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप नेपाल आइपुगेको छ।

सोमबार बिहान १० बजे कतार एयरवेजको नियमित उडानमार्फत् जोनसन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० मात्रा खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो खोप विमानस्थलमै स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले हस्तान्तरण गरेका छन्

जोन्सन एण्ड जोन्सन कम्पनीको उक्त खोप एक मात्रा लगाए हुन्छ । कोभ्याक्समार्फत आज अमेरिकाबाट प्रारम्भिक सहयोग स्वरुप खोप प्राप्त भएको हो । यसले नेपालका १५ लाख मानिसको जीवन रक्षा गर्ने राजदुत बेरीले बताउनुभएको छ ।