खुशी कपुरको बलिउडमा डेब्युअघि नै चर्चा।

एजेन्सी (मुम्बई):= बलिउडमा स्टार किड्सहरूको निकै चर्चा हुने गर्छ । कुनै स्टार कलाकारका नातेदारको पनि चर्चा हुन्छ । यस्तैक्रममा नायिका जान्हवी कपुरकी बहिनी खुशी कपुरको पनि चर्चा भइरहन्छ । अहिलेसम्म कुनै चलचित्रमा काम नगर्नुभएकी खुशी सामाजिक सञ्जालमार्फत सेलिब्रेटी नै भइसक्नुभएको छ ।

बोनी कपुर तथा श्रीदेवीकी छोरी खुशी सामाजिक सञ्जालमा फोटो पोष्ट गर्नासाथ चर्चामा आउने गर्नुहुन्छ । उहाँले भर्खरै नयाँ तस्वीरहरू शेयर गर्नु भएको छ । जसमा निकै प्रतिक्रिया आएका छन् । खुशीले कुनै फोटोमा बेज क्रेप सर्टसँग ट्राउजर लगाएको देखिन्छ ।

त्यस्तै, हातमा मोतिको ब्रासलेट लगाएको देखिन्छ । हूप इयर रिङग्स् र सुनको नेकलेसले उहाँको सुन्दरलाई बढाएको छ । खुशीको तस्वीरमा जान्हवीले लेख्नुभएको छ, ‘क्विन, के म रुन सक्छु’

आफ्नी आमा र दिदीजस्तै खुशी पनि अभिनेत्री बन्न चाहनुहुन्छ। उहाँले न्यूर्योक फिल्म एकेडेमीबाट पढाइ सक्नुभएको छ । बोनी कपुरले पनि केही समयअघिमात्रै खुशीलाई लन्च गर्ने विषयमा बोल्नुभएको थियो ।

तर, आफ्नो छोरीलाई हिरोइन लिएर फिल्म बनाउनु बाबुका लागि सधंै चुनौतीपूर्ण रहने गरेको छ । यस्तोमा फिल्ममेकर करण जौहरले खुशीलाई लन्च गर्ने हल्ला पनि छ । जान्हवीसहित धेरै स्टार किड्सलाई उहाले नै डेब्यु गराउनु भएको थियो ।