कटहर खानुको अनेक फाइदा।

काठमाडौं:= कटहरलाई काँचोमा तरकारी, अचार, पकौडा र पाकेपछि यसको भित्रको गुदी खाने गरिन्छ । अंग्रेजीमा यसलाई ‘ज्याकफ्रुट’ भन्ने गरिन्छ । केहीलाई यो तरकारी र पाकेको एकदमै मन पर्छ भने केहीले यसको गन्ध मन नपराएको पनि पाइन्छ ।

तर, कटहरभित्र धेरै पौष्टिक तत्व पाइन्छन् भन्ने धेरैलाई थाहा नहुन सक्छ । कटहरमा भिटामिन ए, सी, क्याल्सियम, आयरन, नियासिन, जिंक, थाइमिन, पोटासियम र राइबोफ्लेविन जस्ता तत्वहरू पाइने गर्दछ ।

यसको सेवनले शरीरमा धेरै लाभ पु¥याउनुका साथै तपाईंको अनुहारमा निखार पनि ल्याउने गर्दछ । यसको स्वास्थ्यलाभ आँखा तथा छालामा पनि देखिने गर्दछ । यो फलमा पाइने भिटामिन ‘ए’ ले आँखाको रोश्नी बढाउँछ भने स्किनमा चमक पनि ल्याउँछ । यसले रतन्धोलाई पनि ठीक गर्न सहयोग पु¥याउँछ ।

त्यस्तै यसमा पाइने भिटामिन ‘सी’ ले रोग प्रतिरोधक क्षमतालाई बढाउने गर्दछ, जसले ब्याक्टेरियल र भाइरल इन्फेक्सनबाट बचाउँछ । यसमा पाइने पोटासियमले मुटुसम्बन्धी समस्या कम गर्न सहयोग पु¥याउँछ । यसले हाई ब्लडप्रेसरलाई कम गर्ने गर्दछ ।

यसमा निकै फाइबर पाइने भएकाले क्यालोरी हुँदैन । तपार्इंलाई जानकारी नहुन सक्छ, पूर्णरूपमा पाकेको कटहरको गुदीलाई राम्रोसँग पानीमा उमालेर चिसो बनाएको एक गिलास पानी पिउनाले शरीरमा जबर्दस्त स्फूर्ति ल्याउने गर्दछ ।