फेरि द-भ्वाइसको सेटमा दीप।

काठमाडौं:= आफ्नो स्वास्थ्य अवस्था कमजोर भएपछि केही समय आराममा बस्नुभएका गायक दीप श्रेष्ठ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सेटमा फर्किनु भएको छ । ‘द भ्वाइस अफ नेपाल’ को निर्णायकको रूपमा रहनु भएका दीप आफ्नो स्वास्थ्य अवस्था सामान्य भएपछि कार्यक्रममा फर्किनु भएको हो ।

द भ्वाइसका निर्देशक लक्ष्मण पौडेलका अनुसार दीप पूर्णरूपमा निको भएर सेटमा फर्किसक्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘दीप सर सेटमा फर्किसक्नु भएको छ । शुक्रबार र शनिबारको एपिसोडमा दर्शकले दीप सरलाई नै कोचको रूपमा देख्न पाउनेछन् । एपिसोडको सुटिङ दुई दिनअघि नै भइसकेको छ ।’

कोरोना संक्रमण भएर अक्सिजन लेबल कम भएपछि श्रेष्ठलाई अस्पताल भर्ना गरिएको थियो । दुई साताको अस्पताल बसाइपछि उहाँ घर फर्किएर आराम गरिरहनु भएको थियो । जसकारण श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल’ को सेटमा उपस्थित हुन सक्नु भएको थिएन । दीप श्रेष्ठ उपस्थित हुने नसकेपछि शोमा ‘स्याट्याण्ड इन कोच’का रूपमा राजेशपायल राई उपस्थित हुनुभएको थियो ।

यो सातादेखि ‘द भ्वाइस अफ नेपाल ३’ लाइभ राउण्ड प्रसारण हुनेछ । जसमा १२ जना प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिन पाउने छन् । कोरोनाको उच्च जोखिम भएकाले स्वास्थ्य मापदण्ड पूरा गरी लाइभ राउण्डका एपिसोडहरू दर्शकविनै छायांकन गरिएको समेत पौडेलले जानकारी दिनुभएको छ ।