शरदको ‘तीज आयो बरी लै माइती’

काठमाडौं:= नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा शरद कुमारी श्रेष्ठको स्वरमा नयाँ तीज गीत ‘तीज आयो बरी लै माइती’ सार्वजनिक गरिएको छ । गीतमा नेपाली नारीको पीडा र वेदना गीतमा व्यक्त गरिएको छ ।

गायिका श्रेष्ठकै शब्द तथा लय रहेको गीतमा विषन मानन्धरको एरेन्ज छ । विजयकुमार भुर्तेलको छायांकन तथा सम्पादन रहेको भिडिओमा राजेन्द्र बिसीको कोरियोग्राफी छ । राजु श्रेष्ठको निर्देशन रहेका आरोही चौलागाईंले मोडलिङ गर्नुभएको छ ।

तीज नजिकिँदै गर्दा अहिले तीज गीत दैनिक रूपमा सार्वजनिक भइरहेका छन् । यस्तै छायांकन पनि दैनिक रूपमा भइरहेका छन् । तीज पर्वकै लागि लक्षित गर्दै वर्षेनी हजार बढी तीज गीत सार्वजनिक भइरहेका हुन्छन् । गतवर्ष भने कोरोनाको असरले तीजका लागि केही कम गीत बनेका थिए । यसवर्ष केही कम बन्ने देखिन्छ ।