‘मिस नेपाल नर्थ अमेरिका २०२१’ को टप १९ घोषणा।

काठमाडौं:= ‘मिस नेपाल नर्थ अमेरिका’ मा छनोटमा परेका अन्तिम प्रतियोगीहरूको नाम सार्वजनिक गरिएको छ । ‘मिस नेपाल नर्थ अमेरिका २०२१’ ले फाइनल राउण्डका लागि १९ जना प्रतियोगीलाई छनोट गरेको हो । कार्यक्रमको फिलाने अगस्त ७ मा न्यूयोर्कस्थित टिबेटन कम्युनिटी सेन्टरमा हुनेछ । यस प्रतियोगिताका लागि ३० जनाभन्दा बढीले आवेदन दिएका थिए ।

गतवर्ष २०२० मा हुने भनिएको यो प्रतियोगिता कोरोना महामारीका कारण हुन सकेको थिएन । पूर्वमिस नेपाल शृंखला खतिवडा, सदीक्षा श्रेष्ठ र मनिता देवकोटा प्रतियोगितामा कोच÷ कोरियोग्राफरको भूमिकामा देखिनेछन् । १९ जनालाई छनौट गर्ने जिम्मेवारी र प्रतियोगीहरूको अडिसन मिस नेपाल २०११ मलिना जोशी तथा मिस नेपाल २०१० सदीक्षा श्रेष्ठले लिएकी हुन् ।