एनआरएनए मलेसियाको सदस्य संख्या ५ हजार नाघ्यो, सदस्य शुल्क डेढ् लाख बढि रिंगेट उठ्ने।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको पञ्चिकृत सदस्यता लिने नेपालीहरुको संख्या ५ हजार २ सय ५९ जना पुगेको छ।
यसपालीको सदस्यता संख्या एनआरएनए मलेसियाको इतिहासमै सबैभन्दा बढि हो।

एनआरएनए मलेसिया यतिखेर नयाँ नेतृत्व छनौटको संघारमा पुगेका छ्न। सन् २०२१ देखि सन् २०२३ सम्मको आगामी कार्यकालको लागि नयाँ नेतृत्व छनौट गर्ने भनेर जुलाई २५ तारिखको लागि एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न गर्ने एनआरएनए मलेसियाले एक बिज्ञप्ति सार्वजनिक गर्दै जनाएको छ।

एनआरएन मलेसियाको लागि सदस्यता फारम भरेकाहरुले यहि जुलाई ९ तारिख भित्रमा आफ्नो सदस्यता शुल्क मलेसियन रिंगेट आरएम ३० बुझाउन पनि एनआरएन मलेसियाले सम्पुर्णमा आह्वान गरेको छ।

यदि ५ हजार २ सय ५९ जना सदस्यले सबैलेनै आफ्नो आफ्नो सदस्यता शुल्क आरएम ३० एनआरएनएलाई बुझाउने हो भने पनि जम्मा सदस्यता शुल्क मलेसियन रिंगेट जम्मा १ लाख ५७ हजार ७७० आरएम उठ्ने भएको छ।

यो एनआरएनए मलेसियाको इतिहासमै नेपाली श्रमिकबाटै उठेको धेरै रकम समेत हुनेछन। यदि एनआरएनए मलेसियाले सदस्यता शुल्क बापत्त उठ्ने रकम मलेसियामा कार्यरत नेपाली श्रमिकको सहयोग , सहायताको लागि सहि ठाउँमा सदुपयोग गर्ने हो भने मलेसियामा विभिन्न समस्यामा परेका कैयौं नेपाली श्रमिकहरुले समेत लाभ लिन सक्नेछ्न।

एनआरएनए मलेसियाले जारी गरेको सुचना