राष्ट्रियसभामा कोमल ओलीको व्यंयात्मक कविता–बाँदरको जमात र अमृत पानको सपना (कवितासहित)

काठमाडौं:= राष्ट्रियसभा सदस्य कोमल ओलीले राष्ट्रियसभाको बैठकमा सरकार विरोधी मोर्चामा सहभमागी राजनीतिक दलहरुलाई बाँदरको संज्ञा दिदै व्यंयात्मक कविता बाचन गर्नुभएको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य ओलीले मुलुकको कोरोना महामारीको चपेटामा देश र देशबासी परेका बेला सबै राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा फुटको राजनीतितर्फ उन्मुख भएको बताउनुभयो । धार्मिक, सांस्कृति र प्राकृतिक सम्पत्तिको चर्चा गर्दै उहाँले नेपाली जनतालाई व्यवहारिक शिक्षा नदिन तथा जलस्रोतको धनी भईकन जनतालाई जलस्रोतसंग जोड्न नसक्नुको दोषी वर्तमान सरकार नभई विगतका सरकारहरु भएको बताउनु भयो ।

उहाँलेभ भन्नुभयो “यो बेलामा राष्ट्रका सबै शक्तिहरु एकठाउँमा उभिनु पर्देन ? कुन बेला झगडा गर्ने कुन बेलामा मिल्ने भन्ने प्राथमिकता हुदैन ? यो भन्दा बाँदर चरित्र के हुन्छ ? न आफ्नो घर बनाउने न अर्काको घर बन्न दिने ? न अरुलाई गर्न दिने न आफुले गरेर देखाउने ? यसरी मुलुकको निर्माण कसरी हुन्छ ? जनताको सम्मृद्धि कसरी हुन्छ ?”

उहाँले आफुले पनि नगर्ने र अर्कालाईपनि काम गर्न नदिने चरित्र राजनीतिक दलहरुमा भएको भन्दै सरकार विरोधी मोर्चामा सहभागी दललाई लक्षित गर्दै ‘बाँदरको जमात र अमृत पानको सपना ’ शिर्षकको कविता बाचन गर्नुभयो ।

उहाँको कविता यस्तो थियो …….

“बाँदरहरुको आफ्नो देश हुदैन बाँदरहरुको निश्चित भेष हुदैन ।

छेपारा जस्ता मौसमी रंग बदल्ने बाँदरहरुको स्थायी परिवेश हुदैन ।

कहिले मिलेका छन् कहिले फुटेका छन्

ईष्र्याको भट्टीमा आफैलाई भुटेका छन् ,

आँखाभरी लोभ पापको पिपासा बोकेर

आजकल बेबारिसे बाँदर विनासका मेलामा जुटेका छन् ।

अलिकति चेतना भएको भए

हामी र हाम्रो भन्न सक्थे

हालेको जग बचाएको भए

सुन्दर घरबास बन्न सक्थे ।

आखिर बाँदर न हुन् ,

भोलीको प्रतिक्षा कहाँ गर्छन् ?

आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यीनको ।।।

बाँदरहरु खेती गर्देनन्, बाली बिनास गर्छन् ।

कहिले ढेडुहरुसंग मिल्छन् कहिले गोईलानहरुसंग मिल्छन् ।

कर्मको कुटो नलगाउने यी बाँदरहरु

अमृतपान गर्ने सपना देख्छन् ।

बाँदरहरुको आफ्नो देश हुदैन बाँदरहरुको निश्चित भेष हुदैन ।

छेपारा जस्ता मौसमी रंग बदल्ने बाँदरहरुको स्थायी परिवेश हुदैन ।”