कर्मचारीमा कोरोना देखिएपछि कुवेतमा रहेको नेपाली दूतावास बन्द।

कुवेत := कुवेत स्थित नेपाली राजदूतावासले भौतिक उपस्थितिमा गर्नुपर्ने सेवा प्रवाह हिजो आईतवारदेखि बन्द गरेको छ।

दूतावासका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भौतिक रुपमा प्रवाह गरिने सेवा राहदानी नवीकरण, कागजात प्रमाणीकरण, कागजात जारी लगायतका काम अर्को सूचना जारी नभएसम्मको लागि बन्द रहने  दूतावासले जनाएको छ।

यस अवस्थामा अत्यावश्यक सेवाबारे जानकारी लिनुपरेमा दूतावासको सम्पर्क नम्बर २५३२१६०३ /२५३२१६०४ /२५३२१६०५ मा फोन गरेर बुझ्न सकिने दूतावासले जनाएको छ । यस्तै दूतावासको इमेल eonkuwait@mofa.gov.np मार्फत पनि सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ।