एजेन्सी := जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल अन्तर्गत आइतबार बिहान अर्जेन्टिना र इक्वेडरबीचको खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।
यस संकरणमा साविक विजेता ब्राजिल, अर्जेन्टिना, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन् । अब सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग खेल्नेछ भने ब्राजिलले पेरुसँग प्रतिस्पर्धा गर्नेछ ।
सेमिफाइनल तालिका :
मंगलबार बिहान ४:४५ बजे – ब्राजिलविरुद्ध पेरु
बुधबार बिहान ६:४५ बजे – अर्जेन्टिनाविरुद्ध कोलम्बिया




















