युरोकप फुटबल: चेकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा।

एजेन्सी := डेनमार्क युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति बाकु ओलम्पिक स्टेडियममा भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ले पराजित गर्दै डेनमार्कले अन्तिम चारको यात्रा तय गरेको हो ।

खेलको पाँचौ मिनेटमा थोमस डिलेनीको गोलबाट डेनमार्कले सुरुवाती अग्रता लिएको थियो । लार्सेनको कर्नरमा अनमार्क रहेका उनले उत्कृष्ट हेडर गोल गरेका थिए । ४२औं मिनेटमा कास्पर डोलबर्गले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे । जोकिम माहलेले दिएको क्रसलाई उनले ‘वान टच’मा गोलमा परिणत गरे ।

Image

त्यसपछि ४९औँ मिनेटमा प्याट्रिक सिकले गोल गर्दै चेक रिपब्लिकलाई खेललाई २-१को अवस्थामा ल्याए । उनले जारी युरोकपमा सर्वाधिक गोल गर्ने पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् । रोनाल्डो र सिकले समान ५/५ गोल गरेका छन् । बाँकी समयमा थप गोल हुन नसक्दा डेनमार्क २-१ले विजयी बन्यो ।

अब डेनमार्कले इंग्ल्यान्ड र युक्रेनको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । चौथो तथा अन्तिम क्वाटरफाइनलमा आजै हुँदैछ ।