एनआरएनए एनसिसी मलेसियाको युवा संयोजकमा सिताराम बस्नेतको उम्मेदवारी घोषणा।

क्वालालम्पुर (मलेसिया ):= गैर आवासीय नेपाली संघ एनआरएनए एनसिसी मलेसियाको नजिकिदै गरेको ७ औं महाअधिबेशन २०२१-२०२३ का लागि युवा संयोजकको पदमा सिताराम बस्नेतले उमेदवारी घोषणा गरेका छन।

एनआरएनए मलेसियाको सन् २०२१-२०२३ को निर्वाचन यहीँ जुलाई २५ हुदैछ । विगत लामो समय देखी मलेसियामा बस्दै आएका बस्नेत २०१७ देखि एनआरएनए अभियानमा लागेको जोहोरबारु शाखाको सदस्य हुँदै मलेसियाको केन्द्रीय सदस्यमा आबद्द हुनुहुन्छ। मलेसियामा कार्यरत नेपाली श्रमिकहरु माझ एकदमै परिचित ब्यक्ति पनि हुन सिताराम बस्नेत।

श्रमिकको समस्यामा रातदिन नभनी बस्नेतले देखाउनु भएको भुमिका लाई सम्मान गर्दै श्रमिकहरुले नै उहालाई निर्वाचनमा युवा संयोजकमा भिड्नलाई पठाईएको बस्नेतले दाबी गरेका छन। नेपालीहरुको हकहित संरक्षणको काममा बस्नेतले देखाउनु भएको भुमिकाले निर्वाचनमा विजय लगभग निश्चितनै  भएको उहालाई चिन्ने ब्यक्तिहरुको भनाइ रहेको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (covid-19) को महामारीमा पनि उहाँ आफैंले विभिन्न श्रमिकहरुलाई सहयोग र बिरामीहरुलाई आफै गएर नेपाली राजदूतावाससँग समन्वय गरेर उपचार देखि खाद्यान सामग्रीहरु वितरण गरेको बस्नेत बताउछन।

मलेसियामा रहेका नेपालीहरुको हक हितको लागि र युवाहरूलाई प्रदेशमा भएर पनि विभिन्न खेल क्षेत्रमा समावेश गर्ने उदेश्यले उहाँले युवा संयोजकको पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ। काम गर्दै जादा बाहिर बसेर भन्दा एनआरएनएको नेतृत्वमा बसेर केहि गर्नको लागी उम्मेदवारी दिएको सिताराम बस्नेतको भनाइ रहेको छ ।