एनआरएनए मलेसियाको सचिव पदमा रबिलाल अधिकारीले उम्मेद्वारी दिने।

क्वालालम्पुर (मलेसिया):= गैरआवासिय नेपाली संघ (एनआरएनए) मलेसियाको जुलाइ २५ मा हुन गैईरहेको सातौं महाअधिबेशनमा २०२१~२०२३ को कार्यकालको लागी सचीव पदको लागि रबिलाल अधिकारिले उम्मेद्वारी दिने भएका छ्न।

यो भन्दा पहिला २०१७~२०१९ को कार्यकालमा क्षेत्रीय साखा जोहरको अध्यक्ष तथा २०१९~२१ मा युवा संयोजकको भुमिकामा रहेर काम गरिसकेका अनुभवी समाजसेवी रबिलाल आगामी २०२१-२०२३ सम्मको कार्यकालको लागी केन्द्रिय सचिवमा दाबेदारिता दिने बताएका हुन्।

 

मलेसियामा पछिल्ल्ला केही कार्यकाल ले विवादकै बाबजुद केहीहद सम्म श्रमिक हरुमाझ चिनिने काम गरेको तर संघ भित्र व्यापक राजनीति हुन थालेकोप्रती चिन्ता ब्यक्त गर्दै आफ्नो प्रयास श्रमिक हरुमाझ नयाँ कार्यक्रम लिएर जाने फिल्ड मा श्रमिक हरुसङ रहेर काम गर्ने इच्छा भएकोले आफुले उम्मेद्बारी दिने तय गरेको आफ्नो उम्मेद्बारीमा सबैको साथ सहयोग रहने असा लिएको रबिलालले बताए।