गैरआवासिय नेपाली संघ मलेसिया द्वारा अधिबेशनको मिति तय र निर्बाचन समिति चयन ।

गैरआवासिय नेपाली संघ मलेसियाले अधिबेशन नजिकिदै गर्दा अधिबेसन हुने मिति र निर्बाचन समिति एकैपटक सार्बजनिक गरेको छ ।

समितिको गत जुन १ तारीख बसेको बैठकले सस्थाको अधिबेशन को मिति जुलाइ २५ आइतबार लाई तोकिएको छ। सोही समितिले सर्वसहमती मा बिस्णु पौडेल ,बाबुराम सर्मा,बासु पौडेल र पारु कटेल अगाएत को ४ सदस्य निर्बाचन समिति तय गरेको छ ।

महासचिव हेमराज सापकोटा का अनुसार नयाँ सदस्य हरु को लागि जुन ५ तारिक अन्तिम मिति तोकिएको भएता पनि सबै को सहमती मा यहि जुन महिनाको २५ तारिक सम्म सदस्यता बितरण गरिएको र सदस्यता शुल्क आरएम ४० बाट घटाएर आरएम ३० तय गरेको जानकारी गराए ।

अधिबेसन मा सर्ब सहमती मा नया कार्य समिती चयन हुन नसके भोटिङ सिस्टम नै गर्नुपर्ने भएता पनि नयाँ नेतृत्व को लागि आफुहरुले सौहार्द बाताबरण बनाउने एक डिबाइस एक भोट सिस्टम लागू गरेर पारदर्शी बनाउने र अहिलेसम्म कै मलेसियामा भएका अधिबेसन भन्दा फरक र सरल बनाउन मा संघ कटिबद्ध रहेको महासचिव सापकोटाले जानकारी दिए।

गैरआवासिय नेपाली संघ मलेसियाको अधिबेशन सौहार्दपुर्ण हुने नया कार्य समिति लाई कार्यभार सुम्पनु अगाडि सम्म पुरानै कार्यसमितिले सहमतीमा नै सकेसम्म सबैलाइ समेटेर नया कार्यसमिति बन्ने र सौहार्दपुर्ण सब्य र पारदर्शी तरिकाले नयाँ कार्यसमिति चयन गरि नेतृत्व हस्तान्तरण गर्न पाउने मा निर्बाचन समिति र संघ आस्वस्त रहेको महासचिव हेमराज सापकोटाले जानकारी दिए।