क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) को जुलाई २५ तारिख हुने भनिएको निर्बाचनमा २०२१–२०२३ कार्यकालको लागी एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद “आइसीसी” सदस्यमा बिरेन्द्र नेगिले उम्मेद्धारी दिनेभएका छन।
एनआरएनए एनसीसी मलेसियाका नयाँ कार्ययोजनाहरु ल्याउन र श्रमिकहरुका बिच रहेर समस्या उजागर गर्न,मलेसियामा हुने खानेहरुको संस्था हो एनआरएनए भन्ने भ्रम लाई मेटाएर नयाँ ,उत्कृष्ट र स्मार्ट कार्यक्रम हरु ल्याएर श्रमजीवी मैत्री संघ भनेर चिनाउन ,संघ र मलेसिया भित्र भएका बिसङ्गती , यहाँ हुने आर्थिक चलखेल का बिताण्डा लाई हटाएर नयाँ नाजिर बसाल्न , एनसीसीका ओझेल मा परेका र पारिएका मुद्धाहरुलाई आइसीसी र केन्द्र सम्म पुर्याएर समाधानका लागि पहल गर्न बताउदै आफुले “आइसीसी” सदस्यमा उम्मेद्धारी घोषणा गरेको नेगिले बताए।

करिबकरिब २ दशक लामो मलेसिया बसाइको क्रममा श्रमिकहरुमाझ राम्ररी चिनिएको श्रमिकहरुका समस्या समाधानमा थुप्रै साझेदारीता गर्दै आएका बिरेन्द्र नेगि
गैर आवासीय नेपाली संघ मलेसियाको २०१७-२०१९ मा केन्द्रिय सदस्य र २०१९-२०२१ को सहल्लाकार समेत रहेर काम गरिसकेका छ्न।नेगि मलेसियामा थुप्रै संस्थाहरु सङ्ग आबद्ध हुँदैे संस्थागत काम हरुका थुप्रै अनुभब भएका समाजसेवी ब्यक्तित्व हुन ।
मलाया खबरसंगको कुराकानीको क्रममा बिरेन्द्र नेगिले भन्नुभयो, एनसीसी मलेसियाको सुदृढीकरण र मलेसियामा रहेका नेपालीहरुको हक हितका लागी काम गर्ने बताउदै मलेसियामा रहेका एनसीसी सदस्यहरुलाई आगामी अधिबेशनमा आइसीसी सदस्यमा आफू लाई विजयी गराउन अपिल समेत गर्नुभयो।




















