ए डिभिजन लिग फुटबल प्रतियोगिता असोज ३ गतेबाट।

काठमाडौं := शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता असोज ३ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघले सोमबार १४ वटा ए डिभिजन क्लबसँग बैठक राख्दै उक्त मितिमा यो वर्षको लिग आयोजना गर्ने निर्णय गरेको हो ।

एन्फाले क्लबहरूसँग उक्त मितिमा प्रतियोगिता आयोजना गर्न सकिने÷नसकिनेबारे छलफल गरेको थियो । यस्तै एन्फाले लिगका लागि जुलाई ३० बाट खेलाडी दर्ता खुला हुने समेत जनाएको छ । एन्फाको क्यालेन्डरअनुसार ए डिभिजन लिग भदौदेखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ ।

यस सिजनको शीर्ष डिभिजनको लिग करिब ६ महिना सञ्चालन गर्ने एन्फाको तयारी छ । महामारीका कारण अघिल्लो वर्ष ए डिभिजन लिग हुन सकेको थिएन ।