साउदी जाने नेपाली श्रमिकको क्वारेण्टिन बसे बापत्तको खर्च रोजगारदाताले ब्यहोर्नु पर्ने।

एजेन्सी := साउदी अरबमा रोजगारीका लागि जाने नेपाली श्रमिकको क्वारेण्टिन वापतको रकम रोजगारदाता,कम्पनीलेनै  व्यहोर्नु पर्ने भएको छ।

साउदी अरब स्थित नेपाली दूतावासले एक सूचना सार्वजनिक गर्दै छुट्टीमा घर गएर साउदी फर्किन लागेका नेपाली श्रमिकहरुले सात दिनको संस्थागत क्वारेण्टिन बसे वापतको करिव ३ हजार ५ सय साउदी रियाल खर्च श्रमिक आफैले तिर्न नपर्ने भएको हो। संस्थागत क्वारेण्टिनको खर्चका बारेमा आफ्नो रोजगारदातासँग कम्पनीसँग कुरा गर्न र रोजगारदाता कम्पनीलाई नै तिर्न भन्न दूतावासले अनुरोध समेत गरेको छ।

नयाँ आउने श्रमिकहरुको क्वारेण्टिन खर्च पनि रोजगारदाताले नै व्यहोर्ने भएकाले क्वारेण्टिनको नाममा हुनसक्ने सम्भाव्य ठगिबाट बच्न समेत दूतावासले अनुरोध गरेको छ।

यस अघि नेपाली दूतावासले साउदी सरकारसँग नेपाली श्रमिकले संस्थागत क्वारेण्टिनको खर्च तिर्नु नपर्ने व्यवस्था गरिदिन अनुरोध गरेको थियो। सोही अनुरुप क्वारेन्टाइनको सम्पुर्ण खर्च रोजगारदातालेनै ब्यहोर्नु पर्ने भएको हो।